Section 14
राहदानीको बहाल अवधि रहँदै राहदानी जारी गर्न सकिने
दफा १२ को उपदफा (१) को खण्ड (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि राहदानीवाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि एक वर्षभन्दा बढी बाँकी रहेको भए तापनि देहायको अवस्थामा नयाँ राहदानी जारी गर्न सकिनेछः-
(क) राहदानी पुरानो भई पढ्न नसकिने भएमा, च्यातिई, झुत्रो भई वा विवरणमा त्रुटि भई प्रयोग गर्न नमिल्ने भएमा,
(ख) राहदानीका पानाहरू भरिई पर्याप्त पाना नभएमा,
(ग) थर परिवर्तन भएमा,
(घ) विभागबाट तयार भइसकेको राहदानी सम्बन्धित व्यक्तिलाई वितरण नहुँदै हराएमा वा नासिएमा,
(ङ) नाबालकको उमेर सोह्र वर्ष पुगी राहदानी लिन चाहेमा,
(च) विशेष अवस्थामा राहदानी जारी भएको अवस्था भएमा,
(छ) तोकिए बमोजिमका अन्य अवस्थामा ।